आवासीय भिसामा कीर्ते गर्ने व्यक्तिलाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लिखतसम्बन्धी कसूरमा ३० वर्षीय राजीव महतोलाई पक्राउ गरेको छ ।

बिहीबार सीआईबीका प्रवक्ता एवम् एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिअनुसार रौतहटको भोलोहिया स्थायी घर भएका महतोलाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ टीकाथलीबाट नियन्त्रणमा लिइएको छ । सीआईबीले महतोलाई बिहीबार पक्राउ गरेको जनाएको छ ।

महतोलाई सरकारी कागज कीर्ते गरी सरकारी राजश्व हिनामिना गरेको आरोप लागेको छ । उनले लक्जेम्बर्गका नागरिकलाई आवासीय भिसामा कीर्ते कार्य गरेको सीआईबीले जनाएको छ । उनले ट्राभल सेन्ट्रलाईजेशन सिस्टममार्फत् बदनीयतपूर्ण कार्य गरि अमेरिकी नागरिकको नाममा गैरकानूनीरुपमा भिसा क्रियट र एप्रुभ गरि भिसा जारी गरेका थिए ।

Published : Thursday, 2026 September 3, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया