देउवा पक्षद्वारा कांग्रेसका भ्रातृ संस्थाहरू गठन गर्ने निर्णय, हाइज्याकरहरूलाई ठूलो झट्का

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले भ्रातृ संस्थाहरू गर्ने निर्णय गरेको छ ।

बिहीबार काठमाडौंको चुनदेवीमा बसेको समितिको बैठकपछि सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार समितिका संयोजक प्रा.डा.शशांक कोइरालालाई भ्रातृ संस्थाहरू गठनको जिम्मेवारी प्रदान गरिएको छ । प्रा.डा.कोइरालाले आन्तरिक परामर्श र सल्लाह गरेर नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भ्रातृ संस्थाहरू गठन गर्नेछन् ।

‘नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल साँस्कृतिक महासंघ लगायत भातृ तथा शुभेच्छुक संघ÷संस्थाहरूको तदर्थ समितिहरू आवश्यक परामर्श गरि गठन गर्ने जिम्मेवारी पन्धौँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालालाई दिने निर्णय भयो,’ विज्ञप्तिमा भनिएको छ ।

तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसलाई हाइज्याक गरेको समूहले भ्रातृ संस्थाहरू बिघठन गरेर गतिविधि गरेपछि शेरबहादुर देउवा पक्षीय नेताहरूको बैठकले भ्रातृ संस्थाहरूको तदर्थ समिति गठन गरेर समानान्तर गतिविधि गर्ने निर्णय गरेको छ । यो निर्णयले कांग्रेसका हाइज्याकरहरूलाई झट्का लागेको छ ।

Published : Thursday, 2026 September 3, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया