देउवा पक्ष १५औँ महाधिवेशनमा अगाडि बढ्यो, समिति र उपसमिति बनाउने निर्णय, डा.कोइरालालाई जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले महाधिवेशन गर्नका लागि केन्द्रीय निर्वाचन समिति गठन लगायतका विभिन्न निर्णयहरू गरेको छ ।
बिहीबार काठमाडौंको चुनदेवीमा बसेको समितिको बैठकले १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालालाई महाधिवेशन गर्नका लागि केन्द्रीय निर्वाचन समिति गठन गर्ने अधिकार दिने निर्णय गरेको छ । १४औँ महाधिवेशनका सहमहामन्त्री उमाकान्त चौधरीको प्रस्तावलाई बैठकले पारित गरेको छ ।
बैठकपछि सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको छ । प्रा.डा.कोइरालालाई विधान संशोधन समिति, अनुशासन समितिहरू आवश्यक परामर्श गरि गठन गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
‘पन्धौं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालालाई महाधिवेशन गर्नका लागि केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति, अनुशासन समितिहरु आवश्यक परामर्श गरि गठन गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय भयो,’ विज्ञप्तिमा भनिएको छ ।
भृकुटीमण्डप भेलालाई तथाकथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस हाइज्याक गरेका हाइज्याकरहरूको समूहले सर्वोच्च अदालतमा निस्सापछि आधिकारिकताको मुद्दा विचाराधीन रहेका बेला पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गरेपछि शेरबहादुर देउवा पक्षीय नेताहरूले पनि १५औँ महाधिवेशनको मिति र कार्यतालिका बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।
देउवा पक्षीय नेताहरूको बैठकको निर्णयले कांग्रेसलाई हाइज्याक गरेर सानेपामा बसेको समूहलाई झट्का लागेको छ । देउवा समूह नेपाली कांग्रेसको बिभाजन चाहेको छैन । सर्वोच्च अदालतमा आधिकारिकताको मुद्दा बिचाराधीन रहेका बेला पार्टीमा बृहत एकता चाहेको छ । तर, कांग्रेसका हाइज्याकरहरूले पार्टीमा बृहत एकता चाहेकै छैन ।


बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया