बाढी प्रभावित क्षेत्रमा ड्रोन नउडाउन गृह मन्त्रालयको चेतावनी, ड्रोन नियन्त्रणमा लिने
काठमाडौं । गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन नउडाउन सबैमा आग्रह गरेको छ ।
बिहीबार सूचना प्रकाशित गरेर गृह मन्त्रालयले राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणका लागि प्रयोग हुने १०० केजीसम्म भारवहन क्षमता भएका आधिकारिक ड्रोनलाई मात्र उडान अनुमति दिइने जनाएको छ ।
अनुमतिबिना अन्य साना ड्रोन उडाइएको पाइएमा एन्टी–ड्रोन टोली सक्रिय गरी त्यस्ता ड्रोन नियन्त्रणमा लिइने तथा जफत गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।
‘उद्धार तथा राहत कार्यलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सबैलाई यस सूचनाको पालना गर्न गृहमन्त्रीज्यूले आग्रह गर्नुभएको छ,’ गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
Published : Thursday, 2026 September 3, 7:51 pm
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया