भदौरे मेलामा शिक्षकको हत्या, भोजपुरमा ११ जना पक्राउ
भोजपुर । जिल्ला प्रहरी कार्यालय, भोजपुरले कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जनालाई पक्राउ पक्राउ गरेको छ ।
भदौ ११ गते भोजपुरको साल्पासिलिछो गाँउपालिका वडा नं. ५ माबुस्थित भदौरे मेला घुम्न आएका केपिलासगढी गाउँपालिका वडा नं. ७ बस्ने सूर्य माध्यामिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षक ३९ वर्षीय भानुभक्त राईको हत्या भएको थियो । पुरानो विवादको कारण कुटपिट गर्दा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २१ को प्रवेस भन्ने सागर कोयी राई, सोही ठाउँका वर्ष २१ को मौली भन्ने प्रतीक राई, वर्ष २५ को माईकल भन्ने निशान राई, वर्ष २३ को सुशील राई, वर्ष ३२ को शेरबहादुर भन्ने अमर राई, वर्ष ३० को उमेश भन्ने उमेश दुमी राई, वर्ष ३५ की तारादेवी राई रहेका छन् ।
वर्ष ४८ की सुमिता राई, वर्ष ४३ की तेजकुमारी राई, वर्ष १९ की देविका राई र वर्ष २० की चन्द्रकला राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आशंकामा खोजतलास गरी प्रहरीले भदौ १२ गते उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूविरुद्ध भोजपुर जिल्ला अदालतबाट भदौ १४ गते पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया