भोटेकोशी बाढीमा १ हजार १० जनाको शव फेला, बालबालिकाको शव ६५

काठमाडौं । रसुवा भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार १० पुगेको छभने ४ हजार ५ सय ९९ जना बेपत्ता भएका छन् ।

मंगलबार बिहान ०८ बजेसम्मको तथ्याङ्कअनुसार शव फेला परेकाहरूमा ३५ बालिका र ३० बालक रहेका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसा २०९ महिला, ३ सय ८५ पुरुष र ३५१ जना अंशिक अंग भएका शवहरू फेला परेका छन् ।

खोज, उद्धार तथा राहतका लागि ७ हजार ९ सय १२ प्रहरी परिचालित छन् । ६५ जना प्रहरी प्रभावित बनेका छन् । २५ प्रहरी सम्पर्क विहीन छन् ।

प्रहरीका अनुसार ५६ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको छ । ९ सय २७ शवलाई जाँच मुचुल्का भएको छ । महिला १२१, पुरुष १९८ तथा २६२ नखुलेको समेत गरी ५ सय ८१ वटा शवको शव व्यवस्थापन (जमीनमा गाडेको) गरिएको छ । पहिचान नभएका ८४७ को नाम वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ ।

घाइते तथा उद्धारको संख्या पनि उल्लेख्य रहेको छ । ३ हजार ३ पुरुष, १२ सय ४५ महिला, नखुलेको १३ गरि ४ हजार ७० जनाको घाइते तथा उद्धार गरिएको छ । यसमा ५८० विदेश नागरिक छन् ।

होल्डिङ सेन्टरमा ३ हजार ४ सय ५३ जना छन् । नुवाकोटमा २ हजार ४ सय ६६, धादिङमा २ सय ६०, रसुवामा ३ ९८ र काठमाडौंमा ३ सय २९ जना होल्डिङ सेन्टरमा रहेका छन् ।

Published : Tuesday, 2026 September 1, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया