तरुणहरूद्वारा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य शुरू, स्थानीयको माग बमोजिम सेवा गर्ने
काठमाडौं । नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरूले बाढी प्रभावित नुवाकाटमा उद्धार कार्य शुरू गरेका छन् ।
देवघाटलगायतका क्षेत्रमा तरुण दलले सरसफाइ तथा आवश्यक व्यवस्थापनको काम शुरू गरेको तरुण नेता निशान लामा योञ्जनले बताएका छन् । तरुणहरूसँगै नेविसंघका नेता तथा कार्यकर्ताहरू पनि स्वयंसेवकका रुपमा खटिएका छन् ।
उद्धारका लागि खटिएका तरुणहरूको टोलीले बाढीका कारण प्रभावित क्षेत्रमा सरसफाइ गर्नेछ । स्थानीय आवश्यकताअनुसार व्यवस्थापनको काम पनि गर्ने लामाले बताए ।
बाढी प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि स्वयंसेवकका रुपमा नेपाल तरुण दल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष सञ्जय लामा, लमजुङका जिल्ला अध्यक्ष भुपेश गुरुङ, सोलुखुम्बुका जिल्ला अध्यक्ष अशोक झासहित विभिन्न जिल्लाका तरुण दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा फोहोर तथा बाढीले बगाएर ल्याएका सामग्रीका कारण जनजीवन प्रभावित भइरहेका बेला तरुण दलले स्थानीयसँग सहकार्य गर्दै सरसफाइ तथा आवश्यक व्यवस्थापनको काम गरेको लामाले बताए ।
विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा निरन्तर सक्रिय रहने प्रतिबद्धतासहित तरुणहरूले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप सहयोग गर्नेछन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया