कांग्रेस संयोजक प्रा.डा.कोइरालाद्वारा मानवीय सहयोगका लागि राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग आव्हान

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित बाढीबाट भएको ठूलो जनधनीको क्षतिबाट देश पीडामा रहेको भन्दै मानवीय सहयोगका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गरेर प्रा.डा.कोइरालाले विपतको यो घडीमा सबैले मानवीय सहयोग गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘यस विपद्को घटनाले पु¥याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूको खोजी, उद्धार, राहत, सुरक्षित आवास, र उचित क्षतिपूर्ति सहित पुनर्स्थापनाको व्यवस्थाको लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक सहयोगका लागि राजनैतिक दल, भ्रातृ तथा शुभेच्छुक संघ संस्था, निजी क्षेत्र, उद्योगी व्यवसायी प्रतिष्ठान, वित्तीय संघ संस्था एवं मित्र राष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, अन्र्तराष्ट्रिय दातृ निकायहरूसँग हार्दिक अपील गर्दै विपदको यस कठिन घडीमा मानवीय सेवामा निरन्तर जुट्न पार्टीका सबै तहका साथीहरूलाई पुनः आव्हान गर्दछु ।’

‘गत भाद्र १० गते बुधबारका दिन रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित, कहालिलाग्दो, त्रासदिपूर्ण विनासकारी बाढीबाट हालसम्म सयौंको ज्यान गएको, हजारौं बेपत्ता भएको, सयौं व्यक्ति घाइते भएको र हज्जारौं परिवार विस्तापित भएको पीडादायी अवस्थामा छौं,’ संयोजक प्रा.डा.कोइरालाले भनेका छन् ।

Published : Saturday, 2026 August 29, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया