सरकारको निर्देशन विपरित बाढी प्रभावितका नाममा गगन नेतृत्वको कांग्रेसले क्यूआरबाट पैसा उठाउन थाल्यो

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले बाढी प्रभावितको नाममा आर्थिक सहयोगका नाममा पैसा उठान क्यूआर कोड सार्वजनिक गरेको छ ।

कांग्रेसले जारी गरेको क्यूआर कोडमा पैसा पठाउन भनिएको छ । गगन नेतृत्वको कांग्रेसमा एकसे एक धनाढ्य, ठेकेदार, व्यापारीहरू छन् । उनीहरूले चाहने हो भने १० जनाले मात्रै करोडौं रुपियाँ सरकारलाई आर्थिक सहयोग गर्न सक्छन् । कोषाध्यक्ष उमेश श्रेष्ठ नै यो मुलुकका सबैभन्दा ठूला धनाढ्य व्यापारीमा पर्छन् । क्यूआर कोडमा पैसा पठाउन निर्देशन दिइएको छ । सरकारलाई सहयोग गरेपछि फेरि कांग्रेसको क्यूआरमा किन आर्थिक सहयोग गर्ने ? प्रश्न उठ्नु स्वभाविक छ ।

क्यूआर कोडमा प्राप्त हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट सहयोग गर्ने भनिएको छ । बाढी प्रभावितको नाममा राहत वा पैसा वा सहयोग संकलन गर्न बन्देज लगाएको छ । तर, गगन थापा नेतृत्वको बदलिएको कांग्रेस अर्थात् २.० कांग्रेसले पैसा उठाउन क्यूआर कोड सार्वजनिक गरेपछि खैलाबैला भएको छ ।

रसुवाको बाढीले गरेको विनासमा सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष स्थापना गरेर क्यूआरमार्फत आर्थिक सहयोग संकलन गरिरहेको छ । जनताले पनि मन मुठ्ठी खोलेर आफूले सक्ने क्षमताअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिरहेका छन् ।

सरकार आफैले सहयोग संकलन गरिरहेका बेला त्यही प्रधानमन्त्री कोषमा जम्मा गर्नकै लागि गगन थापा नेतृत्वको बदलिएको कांग्रेसले फेरि किन पैसा उठाउन लागेको हो ? गम्भीर प्रश्न उठेको छ ।

आर्थिक सहयोग गर्नुछ भने नेताहरूले पैसा उठाएर दिए भइहाल्यो नि ? किन क्यूआर कोड सार्वजनिक गरेर पैसा उठाउने ?

पत्रमा पार्टी संगठनका व्यक्तिहरू बाहेक कसैलाई दिन पाइनेछैन भनिएको छ । तर, क्यूआर कोड सामाजिक सञ्जालभरि कथित विशेष महाधिवेशनबाट आएका कार्यसमितिका सदस्यहरूले छ्यापछ्याप बनाएका छन् । सहयोग मागेर लेखेका छन् ।

Published : Saturday, 2026 August 29, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया