टनेलमा प्रवेश गर्ने १० जनाको टोलीसहित राहत सामग्री लिएर भारतबाट उड्यो तेस्रो जहाज
काठमाडौं । भारतले मानवीय सहयोगका १० टन सामग्रीहरू बोकेको तेस्रो जहाज काठमाडौंतर्फ पठाएको छ ।
शुक्रबार साँझ १० टन राहतका सामानसहितको जहाज काठमाडौका लागि प्रस्थान गरेको भारतीय विदेशमन्त्री डा.एस.जयशंकरले जनाएका छन् ।
राहतका सहयोग सामग्रीहरूमा पोर्टेबल जनरेटर सेट, किट, खानाका प्याकेट र पानी शुद्ध गर्ने ट्याब्लेटहरू समावेश छन् ।
भारतले रसुवा बाढी प्रभावित र हराइरहेकाहरूको उद्धारका लागि चिकित्सक, पैरामेडिक्स र टनेल उद्धार कार्यका लागि रिकेसहित ११ सदस्यीय टोली पठाएको छ ।
भारतले यसअघि दुई वटा जहाजमा ठूलो परिमाणमा राहत सामग्री पठाइसकेको छ । भारतले नेपालका जारी राहत र उद्धार प्रयासहरूलाई निरन्तर सहयोग गरिरहेको जनाएको छ ।
Published : Friday, 2026 August 28, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया