प्रधानमन्त्री बाढी प्रभावित जिल्लातिर, पाहुनासँग अर्थमन्त्री र समानुपातिक सांसद राणा पाँच तारे होटलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार अति बाढी प्रभावित जिल्ला नुवाकोटको स्थलगत अवलोकनमा गरी खोजी, उद्धार, राहत र स्वास्थ्य उपचारका विषयमा जानकारी लिएर फर्किएका छन् ।

तर, अर्थमन्त्री स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद एवम् गोल्डस्टार जुत्ताको मालिक विदुषी राणा लगायतको समूह बिहीबार दरबारमार्गमा रहेको पाँच तारे होटल याक एण्ड यतीमा भेटघाट र जमघट गरेको खुलासा भएको छ । छिमेकी राष्ट्रका पत्रकार, नेता, मन्त्री र व्यापारीहरूसँग अर्थमन्त्री वाग्ले र सांसद राणाले भेट गरेका छन् ।

प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङले उद्धार र राहतका लागि आफै खटिएर जानकारी लिनेदेखि सुरक्षाकर्मी र राज्यका संयन्त्रलाई परिचालन गरिरहेका छन् । रास्वपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक राखेर राष्ट्रिय विपतको क्षणमा एकजुट बनेर विपतको सामना गर्ने ऐक्यबद्धता निर्माण गरेका छन् ।

तर, अर्थमन्त्री वाग्ले र समानुपातिक सांसद एवम् व्यवसायी राणा पाँच तारे होटल हाइलेबलका व्यक्तिहरूसँग भेटघाट र छलफलहरू गरेका छन् । तस्बिरमा निकै हँसिलो अवस्थामा देखिएका अर्थमन्त्री वाग्ले र सांसद राणा राष्ट्रिय विपत्तिका बेला प्रभावित जिल्लाहरूमा जान्छन् वा जाँदैनन् हेर्न बाँकी छ ।

Published : Friday, 2026 August 28, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया