बाढी प्रभावितलाई सहयोग रकम सरकारको बैंक खातामा मात्रै जम्मा गर्नुहोला : कांग्रेस नेता शाह

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् सांसद अभिषेकप्रताप शाहले बाढीबाट प्रभावित समयमा केही मानिसहरूले व्यक्तिगत फाइदाका लागि गतिविधि गर्न सक्ने भन्दै सहयोग गर्न चाहने सहयोगीदाताहरूलाई सचेत रहन अनुरोध गरेका छन् ।

सामाजिक सञ्जाफमार्फत कांग्रेस नेता शाहले भने, ‘बाढीबाट प्रभावित यस दुःखद् घडीमा पीडित परिवारहरूको सहयोगका लागि देश, विदेशबाट धेरै व्यक्ति सहयोग गर्न इच्छुक हुनुहुन्छ ।’

‘यस विपद्को नाममा केही व्यक्तिहरूले व्यक्तिगत फाइदा उठाउने प्रयास पनि गर्न सक्छन्,’ नेता शाहले भने, ‘त्यसैले सबैलाई सचेत रहन अनुरोध गर्दछु ।’

कांग्रेस नेता शाहले भने, ‘कृपया राहत तथा सहयोग रकम नेपाल सरकारको आधिकारिक र भेरिफाइड बैंक खातामा मात्र जम्मा गर्नुहोस् । आधिकारिक स्रोत पुष्टि नगरी कुनै व्यक्ति वा संस्थाको खातामा रकम नपठाउनुहोस् ।’

‘तपाईंको सानो सहयोग सही ठाउँमा पुग्दा पीडितहरूका लागि ठूलो राहत बन्न सक्छ,’ नेता शाहले भने, ‘सतर्क बनौँ, सही ठाउँमा सहयोग गरौँ ।’

Published : Friday, 2026 August 28, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया