सर्वोच्च अदालतद्वारा देउवा पक्षको माग बमोजिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालते शेरबहादुर देउवा पक्षको माग बमोजिम आदेश दिन अस्वीकार गरेको छ ।

बिहीबार न्यायाधीशहरू डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले नेपाली कांग्रेसको महाधिवेशन रोक्नु पर्ने माग गरेका शेरबहादुर देउवा र पूर्णबहादुर खड्कालाई अन्तरिम दिन अस्वीकार गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।

देउवा र खड्काको निवेदनमा अन्तरिम आदेश नभएको बताएका छन् । देउवा पक्षले पूरक निवेदनमा महाधिवेशन रोक्न आदेश हुनुपर्ने माग गरेको थियो । मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको प्रवक्ता कोइरालाले बताए ।

सर्वोच्च अदालतको आदेशसँगै कथित विशेष महाधिवेशनबाट आएको समितिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका अगाडि बढाउन पाएको छ ।

सर्वोच्च अदालतले पुनरावलोकनको निवेदनको रोहमा जस्तोसुकै आदेश हुने भए पनि अहिले अन्तरिम आदेश नहुने भनेको छ ।

शेरबहादुर देउवा पक्षले कथित विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अस्वीकार गर्दै आइरहेको छ ।

Published : Thursday, 2026 August 27, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया