सर्वोच्चमा तीन न्यायाधीशको पूर्ण इजलासमा कांग्रेसको रिट निवेदनको सुनुवाई
काठमाडौं । सर्वोच्च अदालतका तीन जना न्यायाधीशहरू पूर्ण इजलाशमा शेरबहादुर देउवा पक्षबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका कार्यक्रम रोक्न माग गर्दै दायर भएको रिट निवेदनको पेसी तोकिएको छ ।
बिहीबार न्यायाधीश डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासमा कांग्रेसको रिट निवेदनमा सुनुवाई हुनेछ ।
कांग्रेसको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला गगन थापा नेतृत्वमा कथित विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्षले रोक्न माग गरेर रिट निवेदन दिएको छ । सो निवेदनमा सर्वोच्च अदालतमा सुनुवाई हुन लागेको छ ।
Published : Thursday, 2026 August 27, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया