राष्ट्रिय विपत्तिमा रसुवाका बाढीपीडित र सरकारसँग साथमा छौँ, उद्धार र राहतमा जुटौँ : कांग्रेस नेता बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले रसुवाको लेदोसहितको बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

बुधबार प्रेस नोट जारी गरेर कांग्रेस नेता बस्नेतले रसुवाको बाढी र त्यसबाट सिर्जित घटनालाई राष्ट्रिय विपत्ति भनेका छन् । उनले राष्ट्रिय विपत्तिका बेला मानवीय उद्धार, राहतसहितका सबै सहयोगमा जुट्न अपील गरेका छन् ।

नेता बस्नेतले विगतमा सिन्धुपाल्चोकमा पनि बाढी र पहिरोले ठूलो क्षति पु¥याएको घटना स्मरण गर्दै सिन्धुपाल्चोकमा उद्धार र राहतमा भएको कुरालाई पनि ध्यान दिएर काम गर्न अपील गरेका छन् । उनले आफूबाट हुने सबै प्रकारको सहयोग रसुवाका बाढीपीडितलाई रहने आश्वासन दिएका छन् ।

नेता बस्नेतले सरकारलाई यो राष्ट्रिय विपत्तिको घडीमा बिचलित नभइ, संयम भएर उद्धार, राहतमा खटिन आग्रह गरेका छन् । सरकारसँग नेपाली कांग्रेस साथमा रहेको नेता बस्नेतले बताएका छन् ।

Published : Thursday, 2026 August 27, 8:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया