उद्दार र खोजी जारी, हालसम्म १८ जनाको मृत्यु
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५ः४५ बजे सम्म १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालले जारी गरेको बुलेटिनअनुसार रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीले जनाएको छ ।
Published : Wednesday, 2026 August 26, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया