कथित विशेष महाधिवेशनवालाको गतिविधि रोक्न माग गर्दै देउवा–खड्काले दिए सर्वोच्चमा रिट निवेदन
काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले १५औँ महाधिवेशनको सबै गतिविधि रोक्न माग गरेर सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।
सोमबार देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वारेसमार्फत् रिट निवेदन दिएका हुन् । सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले दुई वटा रिट निवेदन आएको बताएका छन् ।
कांग्रेस महाधिवेशनसँग सबन्धित दुई वटा फरक/फरक प्रकृतिको रिट आएको प्रवक्ता कोइरालाले बताएका छन् ।
देउवाले महाधिवेशन रोक्न माग गर्दै रिट दिएका छन् । सर्वोच्च अदालतमा खड्काको पुरक निवेदनको रिट आएको छ । रिट अध्ययनका क्रममा रहेका छन् ।
नेपाली कांग्रेसको फैसला सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निस्सा दिएको अवस्थामा कथित विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो । पुनरावलोकनको मुद्दा अन्तिम किनारा नलाग्दासम्म सबै गतिविधि रोक्न देउवा र खड्काले रिट निवेदनमा माग गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया