तथाकथित विशेष महाधिवेशन पक्षका अवैधानिक र विभाजनकारी गतिविधिमा सहभागी नहुन प्रा.डा.कोइरालाको अपील
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले तथाकथित विशेष महाधिवेशन पक्षका अवैधानिक र विभाजनकारी महाधिवेशनको गतिविधिमा संलग्न नहुँन अपील गरेका छन् ।
शुक्रबार संयोजक प्रा.डा.कोइरालाले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, ‘तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न/नगराउँन तथा यस्ता कृयाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपील गर्दछौँ ।’
‘सुदृढ, सबल र गतिशील कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता हो भन्ने हाम्रो निश्कर्ष र प्रतिवद्धता रहेको छ,’ प्रा.डा.कोइरालाले भनेका छन् ।
‘कथित विषेश महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रुपले विभाजित रहेको छ,’ संयोजक प्रा.डा.कोइरालाले भने, ‘यस्तो गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन गर्यो भने पार्टीका सबै तहमा संरचनागत रुपमा विभाजनको प्रकृया शुरु हुने स्पष्ट देखिन्छ र आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने हाम्रो ठहर छ ।’
संयोजक प्रा.डा.कोइरालाले भने, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्वन्धी विवादको मुद्धामा पार्टी सभापति श्री शेरबहादुर देउवा र कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काले सम्मानित सर्वोच्च अदालतको डिभिजन बेञ्चको निर्णय/आदेश उपर पुनरावलोकन गरिपाउँ भनि निवेदन दिई उक्त मुद्धा शुरु देखिनै हेर्नेगरि सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासवाट पुनरावलोकनको अनुमति (निस्सा) पाइसकेको अवस्थामा सो मुद्धा हाल सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको सबैलाई अवगतनै छ ।’
‘यो अवस्थामा कथित विशेष महाधिवेशनबाट गठित पक्षले १५औँ महाधिवेशन गर्ने निर्णय गरि कार्यतालिका सार्वजनिक गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ संयोजक प्रा.डा.कोइरालाले भने ।
गगन थापा समूहले सर्वोच्च अदालतमा कांग्रेस आधिकारिकताको विवादसम्बन्धी मुद्दामा पुनरावोलकन गर्ने गरि निस्सा दिएको छ । निस्सा आएको र मुद्दा बिचाराधीन रहेका बेला गगन थापा समूहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यक्रम सार्वजनिक गरेर गतिविधि गरेपछि सो कार्यले पार्टी विभाजन हुने भन्दै नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा.कोइरालाले कथित विशेष महाधिवेशनबाट आएकाहरूको महाधिवेशन र अधिवेशनका कार्यक्रममा सहभागी नहुन अपील गरेका हुन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया