शेरबहादुर देउवासँग महिला नेतृहरूद्वारा भेट, कांग्रेसमा टुक्रिएका मनहरूलाई एकढिक्का बनाउन आग्रह
काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग महिला नेतृहरूले भेट गरेका छन् ।
बुधबार महाराजगञ्जस्थित निवासमा महिला नेतृहरूले देउवासँग भेट गरेका हुन् । कांग्रेस नेतृ उषा राउतको नेतृत्वमा पुगेका महिला नेतृहरूले देउवासँग पार्टीको आन्तरिक विवाद र समस्या समाधानका विषयमा चिन्ता गरेका छन् ।
देउवासँगको भेटपछि कांग्रेस नेतृ राउतले भनेकी छिन्, ‘एक अनुभवी राजनेताको रूपमा संवाद, सहकार्य र सहमतिलाई प्राथमिकतामा राखेर, व्यक्ति हितभन्दा राष्ट्रहितलाई ध्यानमा राखि नेपाली कांग्रेसको राजनीतिमा देखिएको अस्थिर परिस्थितिलाई लोकतान्त्रिक मूल्य र मान्यतालाई अनुकूल पार्टीलाई एक ढिक्का बनाउँदै अभिभावकको भूमिका निर्वाह गर्न पहल गर्नुपर्ने मागसहित हामीले नेपाली कांग्रेसका आदरणीय नेता शेरबहादुर देउवाज्यूसँग उहाँकै निवासमा भेटेर अनुरोध गरेका छौं ।’
‘पार्टीमा धेरैको मन टुक्रिएको छ । ती टुक्रिएका मनहरूलाई एकढिक्का बनाएर कांग्रेस अगाडि बढ्नुपर्छ,’ नेतृ राउतले भनिन्, ‘यसको लागि सबैले पहल गरौं ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया