देउवाको धार्मिक स्वतन्त्रता र झठ्ठा मुद्दामा फसाउन खोजेको विरुद्ध आएको अभिव्यक्तिको नेता केसीद्वारा बचाउ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद जगदीश्वर नरसिंह केसीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बचाउमा बोल्दै सरकारले झुठ्ठा मुद्दा लगाएर बद्नाम गर्न खोजेको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेता केसीले तत्कालीन समयमा राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई बद्नाम गर्न र फसाउन अनेक प्रयास गरेको बताए । सोही सन्दर्भमा देउवाको अभिव्यक्ति आएको उनले बताएका छन् ।
देउवाले आफूलाई तत्कालीन समयमा राजा ज्ञानेन्द्र शाहले झुठ्ठा मुद्दा लगाएर थुनेको र न्यायलयले आफूलाई बचाएको भन्दै कसैसँग नडराउने अभिव्यक्ति दिएका थिए । देउवाले आफूलाई अहिले पनि न्यायलयले बचाएका कारण विदेशबाट स्वदेश आएको बताएका थिए ।
केसीले भने, ‘ज्ञानेन्द्रले मलाई सकेनन् । ज्ञानेन्द्र मलाई मुद्दा लगाउन खोजे । फसाउन खोजे । यसो गर्न खोजे । उसो गर्न खोजे । खोजेकै हो । उनले त सकेनन् । किन भन्नुभयो भने ? एक पटक होइन । दुई पटक होइन । तीन तीन पटकसम्म कुनै प्रमाण छैन, कुनै आधार छैन । रेडकर्नर नोटिस जारी गरेको छ सरकारले । मान्छेलाई बद्नाम गर्न खोजेको छ । मान्छे च्याप समाउने दुई हप्ता थुन्ने । केही पनि प्रमाण फेला नपरेपछि छोड्ने अवस्था छ ।’
‘एककिसिमले बद्नाम गर्न त खोजेको हो नि ? रेडकर्नर नोटिस जारी गरेर । हो त्यो बद्नाम गर्न खोज्नेहरूलाई जवाफ हो । तिमीहरू केही पनि होइनौँ । मलाई हिजोको राजा ज्ञानेन्द्र शक्तिमा हुँदा त उनले केही पनि गर्न सकेनन्,’ नेता केसीले भने ।
‘अहिलेको सत्ता र शक्तिमा हुनेहरूलाई सरकार चलाउनेहरूलाई जवाफ हो । उहाँको ती कुरालाई मैले अन्यथा भन्दैन,’ नेता केसीले भने ।
धार्मिक स्वतन्त्रताका पक्षमा देउवाले दिएको अभिव्यक्तिको पनि नेता केसीले समर्थन गर्दै बचाउ गरेका छन् । केसीले आफू तत्कालीन समयमा संविधान सभाको सदस्य रहेका बेला धर्मनिरपेक्षताको विरोध गरेको भन्दै मुलुकमा धार्मिक स्वतन्त्रता आवश्यक रहेको बताए ।
नेता केसीले भने, ‘धर्मका कुरामा हेर्नुस् नेपालको संविधानमा अहिले धर्मनिरपेक्षता छ । म हिजो संविधान सभाको सदस्य हुँदा संसदभित्र मैले बोलेको शब्द सुन्न सकिन्छ ।’
‘म जहिले पनि धर्मनिरपेक्षता हन्ड्रेड प्रसेन्ट गलत हो । धार्मिक स्वतन्त्रता आवश्यक छ । देशमा चाहिने धार्मिक स्वतन्त्रता नै हो । संविधानमा राख्नुपर्ने धार्मिक स्वतन्त्रता नै हो,’ नेता केसीले भने ।
‘नेपाली कांग्रेसको चारतारे झण्डामध्ये एउटा तारा धार्मिक स्वतन्त्रता हो । मुलुकमा धार्मिक स्वतन्त्रता हुनेछ । यो नेपाली कांग्रेसको झण्डाको चारतारेमध्येको एउटा ताराको उद्देश्य हो । धर्मनिरपेक्षता कति ठीक हो थाहा छैन,’ उनले भने ।
‘धार्मिक स्वतन्त्रता यो देशमा अझै संविधान संशोधन गर्दा निरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रता कायम गर्नुपर्छ भन्ने पक्षमा मैले हिजो पनि दुईचोटिकै संविधान सभामा बोलेको हुँ । अहिले पनि त्यो कुरामा अडिग छु,’ कांग्रेस नेता केसीले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया