कम्युनिस्टले जस्तो लटरपटर गरेनन्, राजनीतिक नैतिकता देखाउँदै बानियाँले दिए मुख्यमन्त्रीबाट राजीनामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उच्च राजनीतिक नैतिकता देखाउँदै मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
सोमबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएर नयाँ सरकार बनाउन मार्गप्रशस्त गरेको घोषणा गरेका हुन् ।
प्रदेश सभा बैठकको रोस्ट्रमबाट राजीनामा घोषणा गरेका बानियाँले लगत्तै प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाएका छन् ।
मुख्यमन्त्री बानियाँले प्रदेश सभामा विश्वास मत लिने भने पनि बहुमत जुट्ने सम्भावना नदेखेपछि राजीनामा दिएका छन् । बानियाँ कांग्रेस संसदीय दल नेता हुन् ।
कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकारमा सामेल भएको एमालेले साउन ६ गते समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री बानियाँले बहुमत जुटाउने कोसिस पनि गरेका थिए ।
बानियाँले एमाले र नेकपालाई बहुमत जुटाएर सरकार बनाउन आग्रह गरेका छन् । बागमती प्रदेश सभामा एमाले र नेकपालाई नयाँ सरकार बनाउन २ जना सांसद चाहिन्छ ।
१२ जना सांसद रहेको राप्रपा भने तटस्थ बस्ने निर्णय गरिसकेको छ । सरकार बनाउन बहुमत पुर्याउन ५३ जना सांसदको साथ चाहिन्छ ।
यसैबीच, बानियाँलाई बागमतीका प्रदेश प्रमुखले अर्को मन्त्रिपरिषद गठन नभएसम्मका लागि कार्य सञ्चालनको जिम्मेवारी दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया