गगनसँग मेरो भेट भएको छ, त्यो कुरा बुझिसकेपछि मलाई तानेर मात्र हुँदैन भनेँ : प्रा.डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा.डा.शशांक कोइरालाले शीर्ष नेताहरूलाई पनि समेटेको अवस्थामा विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार्न तयार रहेको बताएका छन् ।
सोमबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै प्रा.डा.कोइरालाले शीर्ष तहका नेताहरूलाई पनि समेट्न आग्रह गरेका हुन् । उनले भने, ‘सिनियर मान्छेलाई राख्नुप¥यो छुटाउनु भएन । गगन थापाजी तपाईं नै नेतृत्वमा बस्नुस् । तर, अरु साथीहरूलाई समेट्नुस् न । केही पनि नमाने त हामीले के गर्नसक्छौं ।’
उनले शेरबहादुर देउवा र गगनकुमार थापाबीच दुरी कम गर्न प्रयास गर्ने बताए । गगन र आफूबीच पटक पटक कुरा भएको बताउँदै प्रा.डा.कोइरालाले आफूलाई मात्रै तान्ने प्रयास भएको बताए ।
दुई पक्षमा रहेको विवाद मिलाएर सहमति खोज्न आफू प्रयत्नशील रहेको प्रा.डा.कोइरालाले बताए । दुबै पक्षबीचको दूरी घटाउन पहल गरिरहेको उनले बताएका छन् ।
गगन थापाले प्रा.डा.कोइरालालाई पदको प्रलोभन दिएर तान्न खोजेको समेत खुलासा भएको छ । गगनको प्रलोभनमा परेर प्रा.डा.कोइरालाले आफू एक्लै जान नक्सने जवाफ दिएको बताएका छन् ।
प्रा.डा.कोइरालाले भने, ‘त्यो बुझिसकेपछि भने हेर्नुस् मलाई तानेर हुँदैन । म जाँदै जान्न् । मलाई तान्नु छभने सबैलाई तान्नुप¥यो ।’
पार्टीभित्र पदका लागि नै लडाइँ भइरहेको बताउँदै प्रा.डा.कोइरालाले दुबै पक्षले स्पष्ट भन्नसक्नुपर्ने बताएका छन् । ‘हृदय क्लियर गरेर भन्न सक्नु प¥यो नि । दुबै पक्षले भन्न सक्नुप¥यो । हामीलाई के चाहिन्छ भनेर । चाहिने त त्यही पद हो । अरु के चाहिने हो र । पद नचाहिएको भए यत्रो लडाइँ किन हुन्थ्यो ?’
नेता प्रा.डा.कोइरालाले देशभरिका प्रतिनिधिहरूको उपस्थितिले राष्ट्रिय सम्मेलन सफल भएको बताए । उनले राष्ट्रिय भेलाबाट देशभरिका नेता तथा कार्यकर्ताहरूलाई उर्जा थपिएको बताए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया