संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने
काठमाडौं । प्रतिनिधि सभको बैठकमा यही भदौ १० गते प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका हुन् । भदौ १० गते प्रधानमन्त्री संसद बैठकमा उपस्थित भएर सांसदहरूको लिखित प्रश्नको जवाफ दिनेछन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।
केहीगरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगत्तै बस्ने बैठकमा गर्नुपर्ने व्यवस्था संसद सञ्चालन नियमावलीमा उल्लेख छ ।
Published : Monday, 2026 August 17, 7:41 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया