निजी क्षेत्रलाई अगुवाइ दिने कांग्रेसको आर्थिक कार्यदिशासहितको प्रस्ताव सम्मेलनमा प्रस्तुत

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा आर्थिक समृद्धि र गुणस्तरीय रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उत्पादनको अगुवाइ दिने प्रस्ताव गरिएको छ ।

शनिबार काठमाडौंमा जारी राष्ट्रिय भेलाको बन्दसत्रमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ नामक प्रस्तावमा ‘प्रजातान्त्रिक समाजवाद’को मूल लक्ष्यलाई कायम राख्दै बदलिँदो आर्थिक, सामाजिक र भूराजनीतिक परिवेशअनुसार नीतिगत कार्यदिशा परिवर्तन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सरकार सहयोगी र उत्प्रेरक भूमिकामा सीमित हुनुपर्ने कांग्रेसले आर्थिक नीति अघि सारेको हो ।

डा.महतले कांग्रेसले अब आर्थिक समृद्धि हासिल गर्ने र त्यसको प्रतिफल देशका हरेक वर्ग, समूह तथा भौगोलिक क्षेत्रमा पु¥याउने नीतिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

‘प्रजातान्त्रिक समाजवादी लक्ष्य आर्थिक समृद्धि हासिल गर्ने र बढ्दो आर्थिक समृद्धि देशको हरेक वर्ग, समूह र भौगोलिक क्षेत्रमा बस्ने नागरिकमा पु¥याउनु पर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यो लक्ष्य प्राप्त गर्ने आर्थिक सामाजिक नीति भने परिस्थितिअनुसार परिवर्तन हुँदै जान्छ ।’

प्रतिवेदनमा अहिले आर्थिक वृद्धिमा देखिएको गतिरोध र उत्पादनशील तथा गुणस्तरीय रोजगारीको अभावलाई प्रमुख चुनौतीका रूपमा लिइएको छ । स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवा विदेशिनुपर्ने बाध्यता कायमै रहेको भन्दै प्रतिवेदनमा रोजगारी सिर्जना र उत्पादन वृद्धिलाई आर्थिक नीतिको केन्द्रमा राख्ने प्रस्ताव गरिएको छ ।

डा.महतले स्वदेशमा गुणस्तरीय रोजगारी सिर्जना गर्न सार्वजनिक वित्त परिचालनको दायरा बढाउने, प्रतिस्पर्धात्मक क्षमता भएका वास्तविक क्षेत्र पहिचान गरी प्रवद्र्धन गर्ने तथा वित्तीय क्षेत्रको लगानी उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

त्यसका लागि लगानीसम्बन्धी कानुनलाई गैरअपराधीकरण गर्दै वित्तीय जरिवानामा केन्द्रित कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा छ । उद्यमीले धितोका आधारमा मात्रै नभई परियोजनाका आधारमा सहज रूपमा कर्जा पाउने व्यवस्था गर्नुपर्ने नीति कांग्रेसको राष्ट्रिय सम्मेलनले लिन खोजेको प्रतिवेदनमा उल्लेख छ ।

Published : Saturday, 2026 August 15, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया