गगन थापाका कारण कांग्रेस विभाजनको संघारमा छ : विजय गच्छदार
काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले गगन थापाका कारण कांग्रेस पार्टी विभाजनको संघारमा रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टी विभाजनको अवस्थामा पुगेको बताए । नेता गच्छदारले आफू दुविधामा रहेको बताए ।
‘साउन ६ गते म बडो दुविधामा थिएँ । ३१ गते दुविधामा गएको विराटनगर भाषण गर्न,’ गच्छदारले भने, ‘म दुविधामा छु । किनभने म पार्टी एकता चाहने मान्छे हुँ । म कुनै गुटमा छैन ।’
आफू विगतमा गुटमा रहँदा पार्टी विभाजन देखेको उनले बताए । ‘म गुटमा सामेल हुँदाहुँदा, पार्टी विभाजन आफ्नै आँखा अगाडि विभाजन देखेको र पीडा भोगेको छु,’ गच्छदारले भने ।
आफू करुणा र भावनायुक्त मानिस भएको पनि उनले बताए । उनले भने, ‘गिरिजा दाइको क्षेत्र अलग हुँदा आँसु बगेको थियो । अहिले कांग्रेस करुणाहीन बनेको छ ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया