मलाई विश्वास छ, कांग्रेस विवादमा हामीलाई सर्वोच्च अदालतले न्याय दिन्छ : डा.शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुनै पनि किसिमको निरंकुशता स्वीकार गर्न नसकिने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै डा.कोइरालाले दलभित्र र बाहिर निरंकुशता स्वीकार्न नसकिने बताएका हुन् । उनले भने, ‘हामी कुनै किसिमको निरंकुशता स्वीकार गर्दैनौं । कांग्रेस कुनै निरंकुशता नस्वीकोर्न पार्टी हो ।’
नेता डा.कोइरालाले अहिले लोकतन्त्र अप्ठ्यारो अवस्थामा रहेको बताए । ‘प्रजातन्त्र भनौँ, लोकतन्त्र भनौँ अहिले अप्ठ्यारो परिस्थितिमा छ ।’
सरकारले प्रेस स्वतन्त्रता, न्यायपालिका, मानव अधिकारको अवस्था अप्ठ्यारो अवस्थामा रहेको उनले बताए । ‘अहिले प्रेस स्वतन्त्रतामाथि अँध्यारो बादल छाउन थालेको अवस्था छ,’ डा.कोइरालाले भने, ‘त्यसलाई नेपाली कांग्रेसले मात्रै चिर्न सक्छ ।’
सरकारको आदेशमा मानव अधिकारको हनन् भइरहेको नेता डा.कोइरालाले बताए । ‘मानव अधिकार अत्यन्त नाजुक अवस्थामा गइरहेको छ,’ उनले भने, ‘माथिको आदेश भनेर मानिसको घरमा गएर पुलिस प्रशासनले खानतलासी गरिरहेको छ । यो अवस्थालाई स्वीकार गर्न मिल्दैन ।’
डा.कोइरालाले न्यायपालिका स्वतन्त्र र निश्पक्ष हुनुपर्ने बताए । उनले अब न्यायपालिकाले न्याय गर्ने बताएका छन् । ‘हामीले प्रयास पनि गरेको हो । त्यो विफल भयो,’ उनले भने, ‘सर्वोच्चले न्याय दिन्छ, त्यो न्यायबाट हामी अगाडि बढ्छौं ।’
उनले कांग्रेस एकजुट हुने विश्वास व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको छ,’ डा.कोइरालाले भने, ‘एकढिक्का हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया