कांग्रेसको राष्ट्रिय भेलाको आज उद्घाटन हुँदै, देउवासहितका नेता र युवापुस्ताले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेलाको सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।

आज शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा राष्ट्रिय भेला हुनेछ । भेलामा देउवा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् । भेलाको सभापतित्व राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले गर्नेछन् ।

राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले कांग्रेसको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा हुने बताए । भेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको उनले बताएका छन् ।

कांग्रेसको राष्ट्रिय भेलाको उद्घाटन सत्र बिहान ११ः३० बजे सुरु हुने विश्वकर्माले जानकारी दिएका छन् । पहिलो दिन उद्घटन सत्र हुनेछ । राष्ट्रिय भेलालाई कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोइरालासहितका नेता तथा युवा पुस्ताले सम्बोधन गर्नेछन् ।

साउन ३० र ३१ गते २ दिन बन्द सत्र हुनेछ । बन्दसत्रमा विभिन्न प्रस्तावहरू पेस हुने नेता विश्वकर्माले बताए ।

साउन ३० गते बिहान ८ बजेदेखि ९ बजेसम्म खाजा त्यसपछि १२ बजेसम्म बन्द सत्र हुनेछ । १२ बजेदेखि १ बजेसम्म खानाका लागि समय छुट्ट्याएको छ ।

भेलामा पाँच हजार नेता तथा कार्यकर्ताहरूको उपस्थिति हुने प्रचार प्रसार समितिका संयोजक विश्वकर्माले बताए ।

Published : Friday, 2026 August 14, 9:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया