कांग्रेसको सभापति शेरबहादुर देउवा नै हो : संयोजक प्रा.डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले पार्टीको सभापति शेरबहादुर देउवा नै रहेका बताएका छन् ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सभापति देउवा करिब छ महिनापछि आज स्वदेश फर्किएको बताए । प्रा.डा. कोइरालाले पार्टी अब एकताबद्ध भएर अगाडि बढ्ने बताए ।

सभापति देउवालाई विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गरिएको छ ।

सभापति देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी भेन्युमा आयोजना हुने नेपाली कांग्रेसको राष्ट्रिय भेलामा सहभागी हुने छन् ।

Published : Thursday, 2026 August 13, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया