संघ, संस्थाका बारेमा पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो, पूरा विश्वास छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सम्पत्ति शुद्धीकरण विभागले पटक पटक आफूमाथि छानविन गरेर केही नपाउँदा पनि मुद्दा हालेर दुःख दिएको भन्दै आक्रोश पोखेका छन् ।
बिहीबार काठमाडौंको चुनदेवीस्थित नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै देउवाले सम्पत्ति शुद्धीकरणका मुद्दा लगाएर तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि मुद्दा लगाएर दुःख दिएको बताए । उनले तत्कालीन समयमा सर्वोच्च अदालतले शाही आयोगलाई खारेज गरेर न्याय आफूलाई न्याय दिएको बताए ।
‘पूर्वराजा ज्ञानेन्द्र शाहको शाहीको आयोगको खिलापमा पनि मुद्दा खेपेको हुँ । अदालतले शाही आयोग खारेज गरेर मलाई जेलबाट छटाएको पनि हो,’ देउवाले भने, ‘अहिले पनि मलाई अन्तर्राष्ट्रिय क्रिमिनल अदालतमा मुद्दा हाल्यो । सुनुवाईको मौका नदिएकोले पक्राउ गर्न मानेन ।’
देउवाले भने, ‘यही पनि मुद्दा हालेका छन् । फटाहा छन् । यहाँ पनि जिल्ला अदालतले शेरबहादुर देउवा र आरजुलाई पक्राउ गर्न आदेश दियो । तैपनि बदमासी भयो ।’
‘सम्पत्ति शुद्धीकरण आयोगले ३ पटक केही छैन भन्यो । दोस्रो पटक आयो, केही छैन भन्यो । यति बद्मासीपूर्ण काम गरेको छ,’ देउवाले भने, ‘मलाई बदला लिने भावना छैन ।’
‘जनता छ, यो देशको अदालत छ । सबै जानेको छ, बुझेको छ, यिनीहरूलाई हामीले भोलिका दिनमा देखाएर छोड्छौँ,’ देउवाले भनेका छन् ।
उनले भने, ‘राजा ज्ञानेन्द्र शाहले सकेनन् अरुले सक्छ यहाँ ? संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो । जनताले चुनेको संविधान सभाले ल्याएको हो त्यो । मैले ल्याएको हो त्यो ? मैले भनेर आउने पनि थिएन, मैले भनेर जाने पनि थिएन ।’
‘नेपाली जनता सबैभन्दा ठूलो हो । मालिक हो । मालिकले जे चाह्यो त्यही हुन्छ,’ देउवाले भने, ‘सर्वोच्च अदालत जनताको अदालत मात्रै होइन, अदालत भनेको विश्वास हो । संघ संस्थाका बारेमा पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो । अदालतलाई पूरा विश्वास छ ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया