लेखा समितिमा सुनारसहितका केही सांसदद्वारा प्रहरी संगठनको मानमर्दन र हुर्मत लिने हर्कत
काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनले गर्दा निकै कमजोर मनोवलबाट क्रमशः लयमा फर्किदै गरेको नेपाल प्रहरीलाई प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा हुर्मत लिने कार्य भएको छ ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीलाई प्रहरी संगठनको मानमर्दन र हतोत्साहित हुने गरी अभिव्यक्ति दिएका छन् । सांसद सुनारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीमाथि व्यक्तिगत लाञ्छना लगाउने गरेर अभिव्यक्ति दिएका छन् । आईजीपीको घरबाट ३ करोड रकम चोरी भएको र विशेष ब्यूरोले मान्छेहरू पक्राउ गरेर अनुसन्धान भइरहेको भनेर कपोकल्पित अभिव्यक्ति दिएका छन् । सुनारले रास्वपाको सरकार रहेको र प्रहरीलाई सुरक्षा दिने भनेर गैरसंसदीय र आचरण विपरीतको अभिव्यक्ति दिएका छन् ।
समितिमा प्रहरीविरुद्ध परेको बेनामी उजुरीका विषयलाई लिएर सांसद सुनारले गैरसंसदीय अभिव्यक्ति दिएका छन् । बेलाबेला अन्टसन्ट अभिव्यक्ति दिएर तथा गतिविधि गरेर आलोचित हुँदै आइरहेका सुनारले समितिको बैठकमा देखाएको हर्कतको आलोचना भएको छ । रास्वपाका सांसद सुनार आक्रोशित हुँदै लेखा समितिको बैठक छाडेर बीचमा हिँडेका छन् ।
आईजीपी कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित हुनुपर्ने बताए । कार्कीले वर्षौंदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका व्यक्तिहरूलाई बिना आधार जथाभावी आरोप लगाउने प्रवृत्तिले कार्यसम्पादनमा असर पुग्ने बताए । उनले प्रहरी प्रशासनमाथि पर्ने विभिन्न उजुरी र निवेदनहरूको सन्दर्भ उल्लेख गर्दै सबै विषयलाई एउटै दृष्टिकोणले हेर्न नहुने बताएका छन् ।
जिम्मेवार ठाउँमा बसेर बोलिने शब्द र व्यवहारमा संवेदनशीलता अपनाउनुपर्ने बताएका आईजीपी कार्कीले तथ्यहीन आरोपले कर्मचारीहरूको मनोबल गिराउन सक्ने भन्दै सचेत गराएका छन् ।
बैठकमा रास्वपाका सांसद सुनार लगायतका केही सांसदहरूले नेपाल प्रहरीमाथि आरोप लगाएका थिए । गत वर्ष फागुन निर्वाचनका क्रममा नेपाल प्रहरीले गरेको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सांसद सुनारले तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन् ।
बैठकमा बोल्दै आईजीपी कार्कीले कर्मचारीहरूको निष्ठा र संस्थाको गरिमामा आँच आउने गरी हुने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महानिरीक्षक कार्कीले भने, ‘आजसम्म निष्ठापूर्ण काम ग¥या मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जे मन लाग्यो त्यही भन्या छ । जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला त कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि । एउटा त्यो पनि मैले भन्दै छु । त्यसैले अलिकति हाम्रा पनि निवेदन परेका छन् नि । सबैका पर्या निवेदन यस्तैगरी आउँदाखेरि गाह्रै पर्छ । अब म पनि सोच्दै छु, ल्याउँ कि क्या हो ।’
आईजीपी कार्कीले छलफलका क्रममा शिष्टता कायम राख्न र संस्थागत मर्यादालाई आत्मसात गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण समेत गराएका छन् ।
आईजीपी कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा प्रश्तुत गरिने अभिव्यक्ति मर्यादित हुनुपर्ने बताएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया