संयोजक प्रा.डा.कोइरालाले गगन र उनको समूहको हैसियत देखाइदिए, कथित विशेषवालाहरूभित्र खैलाबैला
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिले गगन थापालाई तत्कालीन महामन्त्रीका रुपमा पहिचान गरेर पत्राचार गरेको छ ।
मंगलबार समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले ‘केन्द्रीय कार्यसमिति, नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, सानेपा’ भनेर पत्रमा सम्बोधन गरेका छन् । संयोजक प्रा.डा.कोइरालाले गगन थापा र सम्बद्ध पक्षभन्दै पत्राचार गरेका हुन् । प्रा.डा.कोइरालाको यो पत्रले गगन थापा र उनको कार्यसमितिको हैसियत तथा औकात देखाइदिएको छ । संयोजक प्रा.डा.कोइरालाले शेरबहादुर देउवालाई पार्टी सभापति नै भनेर सम्बोधन गरेका छन् ।
पत्रमा प्रा.डा.कोइरालाले भनेका छन्, ‘नेपाली कांग्रेसको बैधानिकता र नेतृत्वको विवादका सम्बन्धमा यसअघि सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला उपर पार्टी सभापति श्री शेरबहादुर देउवा तथा कार्यबाहक सभापति श्री पूर्णबहादुर खड्काको तर्फबाट दर्ता भएको पुनरावलोकनको निवेदनमाथि सुनुवाई हुँदा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट मिति २०८३ साउन २२ गते उक्त मुद्दा दोहोर्याइ हेर्ने अनुमति अर्थात ‘निस्सा’ प्रदान भएको व्यहोरा सर्वविदितै छ ।’
पत्रमा ‘सर्वोच्च अदालतबाट निस्सा (पुनरावलोकनको अनुमति) जारी भएको हुँदा आगामी महाधिवेशन लगायत पार्टीका सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न (रोक्न) अनुरोध गरिएको बारे’ भनेर विषय उल्लेख गरिएको छ ।
कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.कोइरालाले पत्रमा भनेका छन्, ‘अतः यस्तो गम्भीर कानूनी र नीतिगत संक्रमणकालीन अवस्थामा पार्टीभित्र थप जटिलता र कानूनी संकट उत्पन्न नहोस् भन्नका लागि तत्कालीन महामन्त्री श्री गगनकुमार थापाज्यू तथा सम्बद्ध पक्षलाई यो पत्रमार्फत हार्दिक अनुरोध गर्दछु ।’
‘कानूनी राज्यको सिद्धान्त बमोजिम अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि अगाडि नबढाउन यो कानूनी ध्यानाकर्षण पत्र पेस गरिएको छ । अन्यथा, अदालतको अवहेलना वा कानूनी प्रतिकूलता सिर्जना भएमा त्यसको जिम्मेवार सम्बद्ध पक्ष नै हुने व्यहोरा समेत अवगत गराइन्छ,’ पत्रमा प्रा.डा.कोइरालाले चेतावनी दिएका छन् ।
संयोजक प्रा.डा.कोइरालाले कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा दर्ता गराएको पत्रमा ३ वटा बुँदा छन् । सो पत्रको बोधार्थ निर्वाचन आयोगका साथै तत्कालीन महामन्त्री गगनकुमार थापा र कांग्रेसका सबै तहका कार्यसमितिहरूलाई दिइएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया