कांग्रेसको राष्ट्रिय भेलामा सहभागी हुन संयोजक डा.कोइरालाको आह्वान, देउवाको स्वागतका लागि विशेष तयारी
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले ७७ जिल्लाका जिल्ला सभापति र १६५ निर्वाचन क्षेत्रका क्षेत्रीय कार्यसमितिका सभापतिहरू लगायतलाई पत्र पठाएर साउन २९ गतेको राष्ट्रिय भेलामा सहभागी हुन अपील गरेका छन् ।
पत्रमा संयोजक डा.कोइरालाले राष्ट्रिय भेलामा सक्रिय सहभागितासहित महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्व मन्त्री तथा सांसद, प्रदेश सभा क्षेत्रीय सभापति, महानगर÷नगर÷गाउँपालिका कार्यसमितिकाका सभापतिहरूलाई सहभागी गराईदिनु हुन हार्दिक अनुरोध गरेका छन् ।
‘उपरोक्त सम्बन्धमा मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता माथिको चुनौति, हाम्रो पार्टी नेपाली कांग्रेसभित्रको विवादलाई मध्यनजर गर्दै सवल, सक्षम र सुदृढ कांग्रेसले नै यी सवै चुनौतिको सामना गर्न सक्ने हाम्रो विगतका अनुभव रहेकोले पार्टीको सम्पूर्ण एकता र भावी कार्यदिशा तय गर्न यही २०८३ श्रावण २९–३१ गतेसम्म नेपाली कांग्रेसको राष्ट्रिय भेला काठमाडौंमा आयोजना गरिएकोले यहाँको सक्रिय सहभागिता सहित महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्व मन्त्री तथा सांसद, प्रदेश सभा क्षेत्रीय सभापति, महानगर÷नगर÷गाउँपालिका कार्यसमितिका सभापतिहरूलाई सहभागी गराईदिनु हुन हार्दिक अनुरोध गरिन्छ,’ संयोजक डा.कोइरालाले पत्रमा भनेका छन् ।
भेलालाई १४औँ महाधिवेशनबाट निर्वाचित सभापति एवम् पूर्वप्रधानन्त्री शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, डा.शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइरालाका साथै जेनजी उमेर समूहका युवा विद्यार्थी नेताहरूले समेत सम्बोधन गर्नेछन् ।
भेलाको तयारीका लागि संयोजक डा.कोइरालाले विभिन्न उपसमितिहरू बनाएका छन् । भेला नेपाली कांग्रेसको बृहत एकताका लागि हुनेछ ।
नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री देउवा साउन २८ गते मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन लागेका छन् ।
देउवाको स्वागतका लागि देशभरिबाट नेता तथा कार्यकर्ताहरू काठमाडौं आउन शुरु गरिसकेका छन् । देउवाको स्वागत र राष्ट्रिय भेलाका लागि सवारी साधनहरू रिजर्व गरेर नेता तथा कार्यकर्ताहरू काठमाडौं आउन शुरु भइसकेको नेता मोहनबहादुर बस्नेतले बताएका छन् ।

बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया