जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ
काठमाडौं । जापान पठाउने भन्दै ११५ जनालाई ठगी गरेर रकम लिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितहरूबाट २ करोड ८० लाख रुपियाँ ठगी गर्ने ग्याट्स्बी इन्टरनेशनल प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीको विज्ञप्तिअनुसार पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन् । उनलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा २०८३ साउन २५ गते बुटवलबाट पक्राउ गरिएको हो ।
बुढाथोकीले ग्याट्स्बी इन्टरनेशनल प्रा. लि. नामक कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भनेर ठगी गरेको अभियोग छ । सीईओ बुढाथोकीले उनीहरूबाट कुल २ करोड ८० लाख रुपियाँ रकम लिएको आरोप छ ।
पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया