प्रचण्डद्वारा प्रधानमन्त्री शाहको आलोचना, सभापति लामिछानेको प्रशंसा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् ।
सोमबार सिंहदरबारमा पत्रकारहरूसँगको भेटघाट तथा अन्तरक्रियामा दाहालले लामिछानेमा राजनीतिक परिपक्वता बढेको बताएका हुन् । संयोजक दाहालले सभापति लामिछानेसँग आफ्नो संवाद भइरहेको पनि बताएका छन् ।
दाहालले भने, ‘कम्पेरिटिवली पोलिटिकल म्याचुरिटी रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छ । रविजी, हालका सभामुख डोलप्रसाद अर्याल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ लगायतसँग निरन्तर संवाद हुने गरेको छ ।’
‘मेरो क्याबिनेटमा बसेको साथीहरू हुनुको नाताले मलाई उहाँहरूलाई बुझ्न पनि गाह्रो छैन । उहाँहरूलाई भन्न पनि गाह्रो छैन,’ दाहालले भने, ‘त्यसकारण संवाद मेरो चाहिँ रेगुलरै भइराखेको छ र कैयौँ कुरा सल्लाह मिलि पनि राखेको हुन्छ । अब प्रधानमन्त्री चाहिँ त अब अर्कै खालको छन् त्यहाँ त्यस्तो केही भएको छैन ।’
संकटका बेला आफूले रविको पक्षमा संसद्, सार्वजनिक मञ्च र जेलमै पुगेर समेत आवाज उठाएको दाहालले बताएका छन् ।
संयोजक दाहालले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको भने आलोचना गरेका छन् । उनले प्रधानमन्त्री बालेनलाई अपरिपक्व, राजनीतिक दिशाविहीन र कम्पास हराएको जहाजजस्तो भएको बताएका छन् ।
‘सरकार अपरिपक्व छ । विचारविहीन छ । समुद्रमा कम्पास हराएको जहाजजस्तो भएकाले यो धेरै जाँदैन,’ दाहाललेले भने । उनले दशैं–तिहारपछि नै सरकार ढल्छ भन्ने हल्लामा सत्यता नरहेको बताएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया