दुबै कार्यसमितिलाई मिलाएर १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधरबीच समन्वय हुनुपर्ने बताए ।
उनले पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकतावद्ध बनाउनका लागि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरी अघि बढ्नुपर्ने बताएका छन् ।
‘१५औँ महाधिवेशन अगाडि आइरहेको छ, त्यसलाई चैँ एकताको महाधिवेशन गरौँ भन्ने हाम्रो भनाइ हो । एकातिर विशेष महाधिवेशन पक्षधर छ भने अर्कोतिर हामी नियमित महाधिवेशन पक्षधर छौँ,’ नेता सिंहले भने, ‘दुवै पक्षका नेपाली कांग्रेस पार्टीलाई समग्र रूपमा अब मिलाउनको लागि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट जुन आएको समिति छ त्यो समितिलाई एकै ठाउँमा क्लब गरौँ, एकै ठाउँमा राखौँ ।’
महाधिवेशनलाई स्वच्छ प्रतिष्पर्धाको थलो बनाउनुपर्ने र जो लोकप्रिय छ, उसैले नेतृत्व सम्हाल्ने कुरामा आफूहरू प्रस्ट रहेको उनले बताए । पार्टीभित्र नयाँ नभई स्थापित विधि र प्रक्रियालाई नै अवलम्वन गरेर महाधिवेशन सम्पन्न गर्नुपर्ने नेता सिंहले बताएका छन् ।
‘त्यसपछि हामीले नेपाली कांग्रेसको विधि, नियम, अभ्यास, परम्परा अनुसार र नियमानुसार महाधिवेशन गर्दाखेरी गर्नुपर्ने प्रक्रियाहरू पुरा गरेर यो चाहीँ फ्रि एण्ड फेयर १५ औँ महाधिवेशन गरौं,’ सिंहले भने, ‘जो पपुलर छ त्यसैले लिडरसीप लिन्छ भन्ने कुरा हाम्रो क्लियर कट भनाइ रहँदै आएको छ ।’
नेता सिंहले भने, ‘हामी कुनै नयाँ, यो कांग्रेसको पार्टीभित्र महाधिवेशन हुँदाखेरी निष्पक्ष तवरले हुनको लागि हुनुपर्ने विधि प्रक्रिया जो छ त्यो प्रक्रियालाई पूरा गरौँ भन्ने हाम्रो भनाइ हो ।’
उनले विशेष महाधिवेशन गर्ने निर्णयको वैधानिक आधार के हो भन्ने स्पष्ट पार्नआग्रह गरेका छन् ।
सिंहले भने, ‘अदालतले दिएको हो भनौँ भने अदालतले हामीलाई निस्सा दिएको छ । कार्यकर्ताले दिएको भनौँ भने सबै नेता–कार्यकर्ता हाम्रो पक्षमा छन् ।’
‘हामी पार्टी एकताको पक्षमा छौँ । सबै मिलेर जाँदा लोकतन्त्रलाई पनि राम्रो हुन्छ र देशमा आएको संकटको पनि समाधान हुन्छ,’ उनले भने, ‘यस्तो प्रस्ताव लिएर जाँदा गगन थापा नेतृत्वको टिम तयार भएन ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया