रवि र गगनबीच नक्सालको रेस्टुरेन्टमा गोप्य भेट भएपछि रास्वपाकै सांसदहरूद्वारा सरकारको आलोचना

काठमाडौं । भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेर कानूनी बैधता पाएका गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

रविसँग गगनले केही दिन अगाडि नक्सालस्थित चिउरा/मासु खाने रेस्टुरेन्टमा भेट गरेको स्रोतले जनाएको छ । भेटमा उनीहरूका बीच के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।

स्रोतका अनुसार रविले गगनसँग भेट्न मानेका थिएनन् । झण्डै दश दिनको प्रयासपछि गगनले रविलाई भेट्न पाएको हुन् ।

रास्वपाकै सांसदहरूले प्रतिनिधि सभाको बैठकमा आफ्नै सरकारको आलोचना गर्दै आएका छन् । कांग्रेसका सांसदहरूले त झन् आलोचना नगर्ने कुरै भएन । सरकारले आफ्नै पार्टीका सांसदहरूको आलोचना खेपीरहेका बेला रवि र गगनबीच गोप्य भेट भएपछि खैलाबैला भएको छ ।

रवि र गगनबीचको भेटपछि सरकारको निकै आलोचना भइरहेका छन् । कांग्रेस मात्रै होइन रास्वपाकै सांसदहरू पनि संसदमा खुलेर सरकारविरुद्ध बोलिरहेका छन् । अभिव्यक्ति दिइरहेका छन् ।

बिगतमा रविलाई सहकारी ठगी काण्डमा गगनले नै संसदमा आफूसँग सबैभन्दा धेरै प्रमाण छभनेर अभिव्यक्ति दिएका थिए । अहिले संयोग मान्नुपर्छ । रविको पार्टीले झण्डै दुईतिहाइ बहुमत पाएर सरकारको नेतृत्व गरिरहेको छ । गगन आफू पनि पराजित भएका छन् । हाइज्याकपछि कांग्रेसलाई इतिहासकै कमजोर र पराजित अवस्थामा गगनले पुर्‍याएका छन् ।

Published : Monday, 2026 August 10, 8:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया