देउवा स्वदेश फर्किन लागेपछि लाखौँ कांग्रेसी खुसी, गगनको कोरटिमका सदस्यको बेचैन अभिव्यक्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किन लागेपछि गगन थापा र उनको समूहलाई बेचैन शुरु भएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा बसेका बेला देउवा दम्पत्तिको हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको थियो । घाइते अवस्थाका देउवा र पत्नी डा.आरजु राणा लामो समयदेखि बिदेशमा उपचाररत छन् । देउवाको स्वास्थ्यमा सुधार भएपछि साउन २८ गते १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन लागेका छन् । देउवाको स्वागतमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूबाट भव्य तयारी भइरहेको छ ।

देउवा आएर साउन २९ गते काठमाडौंमा हुन लागेको नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्नेछन् । देउवाले आफूलाई गगन थापाले कथित विशेष महाधिवेशनको नामबाट अपदस्त गरेर पार्टी कब्जा गर्दा समेत एकशब्द गालीगलौज गरेका छैनन् । बरु न्याय पाइन्छ कि भनेर सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । देउवाले कसैलाई गालीगलौज वा अपमान गर्ने संस्कार र शैली कहिल्यै पनि देखाएनन् । र, देखाउने पनि छैनन् ।

यसैबीच, गगन थापाको कोरटिमका सदस्य मानिने कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले देउवा स्वदेश फर्किन लागेकोमा निकै छटपटाहटको अभिव्यक्ति दिएका छन् । देउवासँग सानेपामा बसेका कांग्रेसका हाइज्याकरहरू कति धेरै त्रसित छन् भन्ने कुरा सिवाकोटीले आइतबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै गरेको भिडियोले पुष्टि गरेको छ ।

सिवाकोटीको अभिव्यक्तिले देउवाविरुद्ध वर्तमान सरकारभन्दा पनि गगन समूह लागेको पुष्टि भएको छ । सरकारले आफ्नो काम गरिरहेको छ । सरकारलाई उकासेर देउवालाई स्वदेश फकिन नदिने वा पक्राउ गराउन सकिन्छ कि भनेर दिएको यो अभिव्यक्तिले देउवाविरुद्ध गगन समूह सबैभन्दा धेरै त्रसित छभन्ने देखाएको छ । पुष्टि गरेको छ ।

स्वदेश फर्किन तीन दिन बाँकी रहेका बेला सिवाकोटीको अभिव्यक्ति त्यत्तिकै आएको छैन । सिवाकोटीको अभिव्यक्ति र गगन समूहको त्रासको संकेतका रुपमा नेता तथा कार्यकर्ताहरूले बुझेका छन् ।

सिवाकोटीले भने, ‘कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई यही सरकारले हो, यही गृह मन्त्रालय अन्तर्गतको प्रहरी प्रशासनले हो तीन तीन पटक रेड कर्नर नोटिसलागि यहाँबाट प्रयास गरेको, उता इन्टरपोलले मानेन भनेर भनिरहेको तपाईहरूले हेरिरहनु भएकै छ । इन्टरपोलले नमानेको रेड कर्नर नोटिस जारी गर्न दवाव दिएको, पहल गरिएको हो । हाम्रो निवर्तमान सभापतिलाई । अहिले जसरी रेडकर्नर नोटिसबाट रेड कार्पेट बिच्छ्याउने तहमा अहिलेको सरकार जसरी पुग्दैछ ।’

‘राति आउँदै गर्दा स्वागतमा धेरै भव्यता देखिदैन भनेर दोस्रो दिन, तेस्रो दिनमा उहाँलाई ल्याउने वातावरण हाम्रो पार्टीका केही साथीहरू लाग्नुभएको छ र यसमा सरकारले सहजीकरण गरेको छ,’ सिवाकोटीले भने, ‘सुरक्षा निकायको बैठक बसेको छ । यो सबै घटना क्रमलाई तपाईले हेर्दै गर्दाखेरी यो सामान्यतया यो आदेशलाई त्यो आदेशको रुपमा मात्रै हेर्नुभयो भने त्यसको एकाङ्की दृष्टिमात्र देखिन्छ ।’

‘त्यसमा यो सबै पाटोलाई हेर्नुभयो भने यसमा के के भएको थियो ? पृष्ठभूमिमा छर्लङ्ग पाउनु हुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य सिवाकोटीले भने ।

‘हाम्रो पार्टी सभापति र उपसभापतिहरू (गगन थापा र विश्वप्रकाश शर्मा)ले स्पष्ट पारिसक्नु भएको छ । उहाँहरूले भन्नुभएको छ । यो पटक नेपाली कांग्रेसलाई विशेष महाधिवेशनको विषयमा थप औचित्य पुष्टि गर्ने मौका मिलेको छ,’ सिवाकोटीले भने ।

‘थप औचित्य पुष्टि गर्ने मौका हामीले त्यसबाट पाउँछौँ । हामीले जे जस्तो कन्टेन्ट हामीले त्यस बेला पेश गरेका थियौं । अदालतमा निर्वाचन आयोगमा त्यो सबै राख्दै गर्दा न्यायको नौसिंङ जस्तो जतातिर घुमाए त्यतैतिर जस्तो अवस्था त नहोला । तर, यसमा हामी सबैलाई के विश्वास छभने हिजो निर्वाचन आयोग जे कुरामा कन्भिन्स छ, हिजो सर्वोच्च अदालत जे कुरामा कन्भिन्स भएको छ त्यो कन्भिन्स भएको विषय हामी फेरि पनि हाम्रोतर्फबाट अदालतमा पेस हुन्छ,’ सिवाकोटीले भने ।

‘अदालतले यसलाई त्यसैगरी रिसिभ गर्छ भन्ने लाग्छ । निर्णय नेपाली कांग्रेसको पक्षमै जहाँ हामी सानेपामा बसेर तपाईसँग कुरा गरेका छौँ, यहि कार्यालयको पक्षमा जहाँ रुख र चारतारे झण्डा बोकेर हामीले हिँडिरहेका छौँ । यही रुख र चारतारे झण्डाकै पक्षमा आदेश आउँछ । फैसला आउँछ भन्ने हामी ढुक्क छौँ,’ गगन निकटका केन्द्रीय सदस्य सिवाकोटीले भने ।

Published : Monday, 2026 August 10, 8:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया