बहादुरगंजमा ३ जना टोले गुण्डाहरू पेस्तोलसहित पक्राउ
विजयनगर । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट पेस्तोल १ थानसहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका–५ डबरा बस्ने २३ वर्षीय आषिश पाण्डे, सोही नगरपालिका–८ दयानगर बस्ने २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले कृष्णनगर नगरपालिका–८ बहादुरगंजमा पेस्तोल देखाई डर, धम्की दिई हिँडिरहेको प्रहरीसमक्ष सूचना पुगेको थियो । टोली गुण्डाको शैलीमा उनीहरूले धम्की दिने, त्रास देखाउने कार्य गरेको आरोप छ ।
सोही सचूनाको आधारमा प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको प्रहरीले उनीहरूलाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरूले प्रयोग गरेको लु.६१ प ७०७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया