देउवा पक्षीय नेताहरूको कांग्रेस भेलाका लागि विभिन्न उपसमितिहरू गठन, धमाधम तयारी

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले आह्वान गरेको राष्ट्रिय भेलाका लागि विभिन्न समिति र उपसमितिहरू बनाइएका छन् ।

देउवा समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेका छन् । भेलाको तयारीका लागि ३२ उपसमिति बनाइएका छन् । ती उपसमितिहरूको संयोजक पनि तोकिएको छ ।

भेलालाई व्यवस्थित र सफल बनाउन नेता डा.शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन भइसकेको छ । डा.कोइरालाको मातहतमा रहने गरी ३२ वटा उपसमिति बनाइएका हुन् ।

मूल आयोजक समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै ३२ वटा उपसमितिहरू र तिनका संयोजकहरू तोकिएको प्रचार प्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

सूची अनुसार नीतिगत प्रस्तावदेखि व्यवस्थापनसम्मका लागि प्रभावशाली नेताहरूलाई उपसमितिका संयोजक बनाइएको छ ।

(१) राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा विमलेन्द्र निधि रहेका छन् । (२) साङ्गठनिक प्रस्ताव तयारी समितिमा उमाकान्त चौधरी (३) समसामयिक प्रस्ताव तयारी समितिमा एनपी साउद (४) विधान समितिमा रमेश लेखक (५) नेपाली कांग्रेसको आर्थिक नीति समितिमा डा. प्रकाशशरण महत (६) प्रचार प्रसार समितिमा मीनबहादुर विश्वकर्मा (७) आर्थिक व्यवस्थापन समितिमा दीपक खड्का (८) प्रशासन समन्वय समितिमा मोहनबहादुर बस्नेत (९) भोजन व्यवस्था समितिमा पूर्णबहादुर तामाङ ‘कान्छाराम’ (१०) स्वयंसेवक परिचालन समितिमा जीतजंग बस्नेतलाई संयोजक बनाइएको छ ।

(११) सांस्कृतिक समितिमा विद्या तिमिल्सिना (१२) मञ्च तथा हल व्यवस्थापन समितिमा राजु श्रेष्ठ (१३) स्वास्थ्य समितिमा उमेशजंग रायमाझी (१४) विदेशस्थित नेपाली जनसम्पर्क समन्वय समितिमा किरण पौडेल (१५) ट्रेड युनियन समन्वय समितिमा हरिशरण नेपाली (१६) भ्रातृ संघ समन्वय समितिमा गोविन्दबहादुर शाह (१७) शुभेच्छुक संस्था समन्वय समितिमा ईश्वरी न्यौपाने (१८) आदिवासी जनजाति समन्वय समितिमा गणेश लामा (१९) दलित समुदाय समन्वय समितिमा नृप वड (२०) महिला समन्वय समितिमा उषा राउतलाई संयोजक बनाइएको छ ।

(२१) युवा विद्यार्थी परिचालन समितिमा कुन्दनराज काफ्ले (२२) पेसागत बुद्धिजीवी परिचालन समितिमा भीमसेनदास प्रधान (२३) सुदूर पश्चिम प्रदेशमा वीरबहादुर बलायर (२४) कोशी प्रदेशमा गोमा भट्टराई (२५) मधेश प्रदेशमा पदमनारायण चौधरी (२६) बागमती प्रदेशमा शिव हुमागाईं (२७) गण्डकी प्रदेशमा गुरु बराल (२८) लुम्बिनी प्रदेशमा गेहेन्द्र गिरी (२९) कर्णाली प्रदेशमा सीता राना (३०) वैदेशिक रोजगार व्यवसायी समन्वय समितिमा सीता देवकोटा (३१) जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिमा मानबहादुर नेपाली र (३२) सचिवालय समन्वय समितिमा दीपकप्रसाद कुइँकेललाई संयोजक बनाइएको छ ।

Published : Thursday, 2026 August 6, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया