सर्वोच्च अदालतले दियो देउवाको मागअनुसार कांग्रेसको पुनरावलोकनको अनुमति, हाइज्याकरलाई ठूलो झट्का

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस विवादको मुद्दालाई पुनरवलोकन गर्न अनुमति प्रदान गरेको छ ।

बिहीबार सर्वोच्च अदालतलको पूर्ण इजलासले तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काको पुनरावलोकनको निवेदनको अध्ययनपछि पुनरावलोकन गर्न अनुमति दिएको हो ।

कांग्रेसको भृकुटीमण्डपको कथित विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा सुनुवाइ भएको थियो । पूर्ण इजलासको अनुमतिले नेपाली कांग्रेसका लाखौँ नेता तथा कार्यकर्ताहरूलाई राहत मिलेको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरूले सर्वोच्च अदालतप्रति अगाध आशा र विश्वा रहेको भन्दै खुसी व्यक्त गरेका छन् ।

अनुमति प्रदान भएसँगै तत्कालीन सभापति शेरबहादुर देउवाले दिएको रिटलाई खारेज गर्ने आदेशको पुनरवलोकन हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते कथित विशेष महाधिवेशनबाट सभापति घोषणा गरिएका गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो । त्यस बेला देउवा पक्षको रिटलाई खारेज गरेको थियो ।

यस आदेशलाई पुनरवलोकन गर्न भन्दै देउवाले गत साउन ७ गते उक्त निवेदन वारेसमार्फत पठाएका थिए । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउवा र खड्का सर्वोच्च अदालत गएका थिए ।

उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट सभापति घोषणा गरिएका थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका थिए ।

गगन थापाले नेपाली कांग्रेसलाई कथित विशेष महाधिवेशनको नामबाट हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका थिए । गगनले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता पाए पनि देउवाले र लाखौँ नेता तथा कार्यकर्ताले मन बुझाउन सकेका छैनन् । र, थिएनन् ।

Published : Thursday, 2026 August 6, 3:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया