इन्टरपोलबाट रेड नोटिस जारी भएका तनहुँका फरार व्यक्ति पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी तनहुँको ऋषिङ्ग गाउँपालिका–४ ठेगाना भएका अम्मरसिं नेपाली बुधबार राति पक्राउ परेका छन् ।

साउदी अरबबाट नेपाल आगमन हुने क्रममा अमरसिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

अम्मरसिंह समेत भएको ज्यान सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि पहल गरिएको थियो ।

एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ जेठ २४ गते अमरसिंविरूद्ध रेड नोटिस जारी भएको थियो ।

अमरसिंलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, चितवन पठाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Published : Thursday, 2026 August 6, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया