एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच भेट, सबै ठाउँमा कांग्रेसलाई गलहत्याउने
काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
मधेश प्रदेश सरकारको नयाँ सत्ता समीकरणबारे ओली र यादवबीच मंगलबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा छलफल भएको हो ।
केन्द्रीयस्तरमा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्य टुटेपछि मधेश प्रदेशमा नयाँ सरकार गठनको सम्भावनाबारे दुई नेताबीच कुराकानी भएको छ ।
६ वटा प्रदेशमा एमाले र नेकपा अन्य दलसँग मिलेर सरकार बनाउन थालिसकेका छन् । मधेश प्रदेशको सरकारबारे अझै अन्यौलता कायम छ ।
ओलीले मधेशमा नयाँ सत्ता समीकरण बनाउन जसपा नेपालको साथ र सहयोग मागेको एक नेताले बताएका छन् ।
हाल मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको छ । सरकारमा एमाले र नेकपा समेत सहभागी छन् ।
नयाँ सरकार गठनका लागि एमालेलाई जसपा नेपालको समर्थन निर्णायक हुनेछ । ओलीले यादवसँग राजनीतिक सहकार्यका विषयमा छलफल गरेका हुन् । एमालेले नेपाली कांग्रेसलाई सबै प्रदेशहरूको सरकारबाट गलहत्याउने तयारी गरेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया