तीन प्रधानमन्त्रीसँग काम गरेँ, सबैभन्दा लोकतान्त्रिक देउवालाई पाएँ : संवैधानिक निकायका पूर्वप्रमुख
काठमाडौं । संवैधानिक निकायका एकजना पूर्व प्रमुखले शेरबहादुर देउवा सबैभन्दा लोकतान्त्रिक नेताका रुपमा आफूले चिनेको बताएका छन् ।
तत्कालीन समयमा देउवा प्रधानमन्त्री रहेका बेला संवैधानिक निकायका कुनै पनि प्रमुख वा पदाधिकारीहरूसँग सम्पर्क गरेनन् । स्वार्थ बाझिने कुनै पनि काम गर्नु भनेर आग्रह पनि गरेका थिएनन् । सोही कारण अहिले पनि संवैधानिक नियकाका ती प्रमुखले देउवालाई असल र लोकतान्त्रिक नेताका रुपमा चिन्छन् ।
संवैधानिक निकायका ती प्रमुखले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘म एउटा संवैधानिक निकायको प्रमुख थिएँ । मैले तीन जना प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काम गर्ने अवसर पाएँ । हुन त म देउवा वा कांग्रेस निकटको व्यक्ति होइन् । देउवासँग लिनु वा दिनु केही छैन । देउवाले मलाई नियुक्ति पनि गरेको होइन । तर, तीन प्रधानमन्त्रीमध्ये सबैभन्दा लोकतान्त्रिक प्रधानमन्त्री शेरबहादुर देउवामा पाएँ । शेरबहादुर देउवाले कहिल्यै हस्तक्षेप गर्नुभएन ।’
ती प्रमुखले भने, ‘तत्कालीन प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सचिवालयमार्फत बोलाएर यसो गर, उसो गर भनेर भन्नुभयो । शेरबहादुर देउवाले मलाई सम्पर्क पनि गर्नु भएन । बोलाउनु पनि भएन ।’
‘पहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएर आफ्ना कुरा गर्न भन्नु हुन्थ्यो । शेरबहादुर देउवाले मलाई नबोलाएपछि म आफैले सचिवालयमा फोन गरे । समय लिएर भेट्न गएँ । शेरबहादुर देउवासँग करीव १ घण्टा कुराकानी भयो । मैले सोँधे मलाई प्रधानमन्त्रीज्यूले बोलाउनु भएन, के भएको हो भनेर बुझ्न समय लिएर भेट्न आएको हुँ भने । तर, शेरबहादुर देउवाले मलाई त्यो बेला भन्नुभएको थियो– तपाई संवैधानिक निकायको प्रमुख हो । संवैधानिक निकायको गरिमा छ । संवैधानिक स्वतन्त्रता छ । सरकारले संवैधानिक निकायको स्वतन्त्रतालाई हस्तक्षेप गर्नु हुँदैन । संविधानले दिएको अधिकार प्रयोग गरेर तपाईले आफ्नो काम गर्नुस् ।’
शेरबहादुर देउवा लोकतान्त्रिक छन् भन्ने कुराको धेरै उदाहरणहरू छन् । आफूमाथि बज्रपात हुँदा समेत कसैलाई गालीगलौज वा टिकाटिप्पणी गरेका छैनन् । जेनजी आन्दोलनका बेला भदौ २४ गते हत्या प्रयास भयो । घर जल्यो । गगन थापा र विश्वप्रकाश शर्माले अपदस्थ गरेर नेपाली कांग्रेस हाइज्याक गरेर लग्दा पनि देउवाले सार्वजनिक रुपमा असन्तुष्टि जनाएका छैनन् । न्यायालयप्रति विश्वास गरेर बसिरहेका छन् ।
आफ्नाविरुद्ध सञ्चारमाध्यममा निरन्तर अफवाह फैलाउँदा समेत देउवाले त्यसको खण्डन गर्दैनन् । बोल्दैनन् । आलोचनालाई लोकतान्त्रिक संस्कारका रुपमा लिन्छन् । जति धेरै आलोचना भयो त्यति धेरै लोकतन्त्रिक पद्धति बलियो हुने देउवाको बुझाइ छ ।
तत्कालीन समयमा बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकको मेयर भएका बेला सिंहदरबार जलाउने फेसबुकमा स्टाटस लेखेको विषयमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेनलाई पक्राउ गर्न खोज्दा देउवाले नै रोकेका थिए । यो कुरा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सार्वजनिक रुपमा आफ्नो अन्तर्वार्तामा बोलेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया