बोलन बोल देउवा, तैपनि बोल्दैनन्

काठमाडौं । जेनजी आन्दोलनपछि सबैभन्दा ठूलो क्षति भएको छभने त्यो शेरबहादुर देउवालाई भएको छ । सबैभन्दा धेरै गुमाएका छन् भने त्यो देउवाले नै गुमाएका छन् ।

भदौ २४ गते निवासमै हत्या हुने योजनासहित कुटपिट हुँदैछ भन्ने पूर्वजानकारी हुँदाहुँदै देउवाले घर छाडेनन् । उनकी पत्नी डा.आरजु राणाले पनि घर छाडिनन् । सुरक्षाकर्मीमाथि विश्वास गरेरै घरमा बसे । आक्रमण हुँदैछ सुरक्षित ठाउँमा जान भनेर आफन्त र सुरक्षाकर्मीले देउवासँग आग्रह गर्दा देउवाले भनेका थिए– यतिका सुरक्षाकर्मी छन् । नेपाली सेना आइसक्यो । मेरो घरमा म सुरक्षित छैन भने जहाँ गए पनि सुरक्षित रहन सक्दैन । मरे पनि घरमै मर्छु ।’ देउवा भागेनन् ।

देउवा दम्पत्तिलाई भदौ २४ गते घरभित्र सांघातिक आक्रमण भयो । हत्या गर्ने प्रयास भयो । देउवा दम्पत्तिको घरमा आक्रमण गर्ने कही मानिसहरू चिनजानकै थिए । भिडियोमा देखिएका मान्छेहरूलाई धेरै चिनिसकेका छन् । केहीको पहिचान भएको छ ।

भदौ २४ को घटनापछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वक्तव्यहरू जारी गरे । फेसबुक लाईभ र एक्समार्फत आफ्ना सन्देश जारी गरे । तर, गगन र विश्वले एकशब्द पनि देउवा दम्पत्ति स्वास्थ्य लाभको कामना गरेनन् ।

अस्पतालको बेडमा उपचाररत रहेका बेला तत्कालीन उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको भर्चुअलमाध्यमबाट बैठक बस्यो । बैठकपछि जारी भएको प्रेस विज्ञप्तिमा देउवा दम्पत्तिमाथि भएको आक्रमणबारे एकशब्द बोलिएन । आलोचना भएपछि खड्काले अर्को विज्ञप्ति जारी गरेर देउवा दम्पत्तिमाथि भएको सांघातिक आक्रमण र स्वास्त्य लाभबारे बोलेका थिए ।

आफूमाथि ठूलो बज्रपात हुँदाहुँदै देउवाले केही बोलेनन् । कसैलाई आरोप लगाएनन् । चुपचाप बसिरहे । कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताहरूले देउवालाई कार्यबाहक सभापति दिन माग गरेर देउवाले खुसीखुसी पहिलो वरीयताका उपसभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गरेरै कार्यबाहक सभापतिको जिम्मेवारी दिएर उपचार गराउन विदेश गए । विदेशमा उपचार गराएर फर्किए । कार्यबाहक सभापति दिएर हिँडेका देउवा कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा फर्किएर गएनन् । देउवा तैपनि बोलेनन् ।

गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई सभापतिबाट अपदस्थ गरेर पार्टी कब्जा गर्न कथित विशेष महाधिवेशनको नाममा नौटंकी गरे । भृकुटीमण्डपमा भेला भयो । विशेष महाधिवेशनका नाममा नेपाली कांग्रेसलाई हाइज्याक गरियो । तैपनि देउवा बोलेनन् । न्यायका लागि निर्वाचन आयोग र सर्वोच्च अदालतमा निवेदन लिएर गए । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट देउवाले कांग्रेस गुमाए । तैपनि बोलेनन् । सर्वोच्च अदालतको फैसला चित्त नबुझेपछि देउवा फेरि पुनरावलोकनका लागि सर्वोच्च अदालतमा फाइल बोकेर पुगेका छन् । देउवालाई अझै पनि सर्वोच्च अदालतप्रति न्याय पाउँछु भन्ने सगरमाथाको जस्तै अगाध विश्वास छ । देउवा हारेका छैनन् । थाकेका छैनन् । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि देउवा आउँदैछन् । प्रतिनिधि सभाको निर्वाचनभन्दा अगाडि पत्नीलाई साथमा लिएर उपचार गर्न विदेश गएका देउवा स्वदेश फर्किदै छन् । तैपनि बोल्दैनन् देउवा ।

सरकारले राजनीतिक प्रतिशोध राखेर देउवाविरुद्ध पक्राउ पुर्जी समेत जारी गर्‍यो । तैपनि बोलेनन् । बरु देउवा पक्राउ पुर्जीविरुद्ध न्यायका लागि अदालत गए । अदालतले पनि देउवालाई न्याय दियो । पाइँला पाइँलामा अपमान हुँदा पनि सहन्छन् । आफ्नो स्वागतमा आउने शुभेच्छुकहरूलाई पनि आउन दिँदैनन् । तैपनि बोल्दैनन् ।

Published : Tuesday, 2026 August 4, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया