कांग्रेसद्वारा सुनसरी र मधेशका जिल्लामा भएको घटना छानविन गर्न न्यायिक समितिको माग
काठमाडौं । नेपाली कांग्रेसले सुनसरी र मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा भएका घटनाको छानबिनका लागि न्यायिक समिति गठनको माग गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दलको संयुक्त बैठकले न्यायिक समिति गठनको माग गर्ने निर्णय गरेको हो ।
प्रमुख सचेतक बासना थापाले भनिन्, ‘पछिल्लो समय मधेशमा भएका घटनाबारे गृह मन्त्रालयले बनाएको समितिले छानबिन गर्न सक्दैन, त्यो गम्भीर घटना छ र स्वतन्त्र तथा निष्पक्ष छानबिन गरिनुपर्छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा हामी न्यायिक समिति गठनको अडान राख्छौं ।’
तीन जनाको मृत्यु र थुप्रै व्यक्ति घाइते भएको घटनामा कांग्रेस संसदीय दलले दुःख पनि व्यक्त गरेको छ ।
कांग्रेसले घटनाको निष्पक्ष छानबिनका लागि सरकारले न्यायिक समिति बनाउनुपर्ने भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्षमा अपीलसमेत गरेको छ ।
कांग्रेसले यस विषयमा अन्य प्रतिपक्षी दलहरूको पनि साथ र सहयोग लिने जनाएको छ । कांग्रेसले नागरिक, सांसद र संसदबीच सम्बन्धलाई थप प्रभावकारी बनाउन सांसद समन्वयबारे कार्यादेश पनि पारित गरेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया