दीपमाला मिस नेपाल २०२६ को उपाधि जित्न सफल

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छिन् ।

ललितपुरस्थित द प्लाजामा सम्पन्न द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै ढकालले ताज हात पारेकी हुन् ।

प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् । आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भइन् ।

विभिन्न चरणको प्रतिस्पर्धा, प्रस्तुति तथा निर्णायक मण्डलको मूल्याङ्कनपछि विजेताहरूको घोषणा गरिएको हो ।

मिस नेपाल प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रियस्तरको प्रतिष्ठित सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगिता मानिन्छ ।

यसमार्फत विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

Published : Saturday, 2026 August 1, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया