प्रभु बैंक ४८ करोड ऋण घोटाला प्रकरणमा रश्मीसहित चार जनालाई सीआईबीद्वारा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैकिङ कसूर मुद्दाका ४ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
नेपाल राष्ट्र बैकको पत्र जाहेरीले बादी नेपाल सरकार प्रतिवादी शशिधर शर्मा समेत भएको बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा संलग्न ४ जनालाई पक्राउ गरिएको बुधबार सीआईबीका प्रवक्ता एवम् एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका वडा नं. २ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिकाको तीनकुने बस्ने वर्ष ४० की रश्मी पन्त, गुल्मीको ग्वादी– ६ स्थायी वतन भई हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ८ बस्ने वर्ष ४४ का सन्तोष ज्ञवाली, गुल्मीको अमरअर्वाथोक– ५ स्थायी वतन भई हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ७ बस्ने वर्ष ४१ का राजेन्द्र श्रेष्ठ र रूपन्देहीको तिलोत्तमा नगरपालिका– ४ स्थायी वतन भएका वर्ष ४८ का शिशिर पौडेल रहेका छन् ।
पक्राउ परेकी रश्मी पन्त प्रभु बैंकको मुख्य बिजनेस अफिसर हुन् । रश्मी पन्तसहित पक्राउ परेकाहरू प्रभु बैंकको ठूलो रकम घोटाला प्रकरणमा पक्राउ परेका हुन् । रश्मीले कर्जा रकम दुरूपयोग गरेको अभियोग लागेको छ । यसअघि सस्आइबीले शशिधर शर्मालाई पक्राउ गरेको थियो । एशियन भिलेज रिसोर्ट प्रा.लि.का अध्यक्ष रहेका शर्मालाई सीआइबीले असार ३० गते पक्राउ गरेको थियो । शर्माले प्रभु बैंकबाट ४८ करोड रुपियाँ कर्जा लिएका थिए । नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभाग २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण गरेको थियो ।
प्रतिवेदनले रिसोर्ट निर्माण र जग्गा खरिद गर्नका लागि लिइएको कर्जा अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरेको देखाएको थियो । बैंकको नाममा जग्गा दृष्टिबन्धक समेत नगरी पछि गर्ने भन्ने कबुलियतनामा कागज गराएर कर्ता लिएको र पारिवारिक सम्बन्ध भएकै कारणले रश्मीले दुरूपयोग गरेको आरोप छ । सोही घटनामा रश्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रतिवादीहरूलाई पक्राउ गर्न सीआईबीले उच्च अदालत, पाटन, ललितपुरबाट अनुमति लिएको थियो । साउन १३ गते बुधबार पक्राउ गरि अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया