हुण्डीको अहिलेसम्मकै ठूलो रकमसहित धादिङका रिजाललाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुण्डी कारोबारमा संलग्न वर्ष ४९ का राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ ।

मंगलबार सीआईबीको टोलीले रिजाललाई काठमाडौंको नागार्जुन नगरपालिका– ८ राधाकृष्ण मन्दिर क्षेत्रबाट हुण्डीको १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रुपियाँसहित पक्राउ गरिएको प्रवक्ता समेत रहेका एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका रिजाल धादिङको सत्यदेवी– ८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ८ मा बसोबास गर्दै आएका थिए । शंकास्पद गतिविधि गर्दै आएका रिजालमाथि सीआईबीले निगरानी राख्दै आएको थियो ।

गोप्य सूचनाका आधारमा सीआईबीको टोलीले राधाकृष्ण मन्दिर क्षेत्रमा छापामारेको थियो । सो क्षेत्रमा हुण्डीको कारोबार भइरहेको सूचना प्राप्त हुनेवित्तिकै सीआईबीको टोली परिचालन भएको थियो ।

Published : Wednesday, 2026 July 29, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया