२२ करोडको क्रिमिनल बेनिफिट मुद्दामा शैलेन्द्र र विनोद पक्राउ
काठमाडौं । उखु किसानलाई करिब २२ करोड रुपियाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा अन्नपूर्ण सुगर मिल प्रा.लि.का दुई सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई हाल नवलपरासी बस्ने विनोद साह कलवार रहेको प्रहरीको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
उखु किसानलाई लामो समयदेखि करीब २२ करोड रुपियाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध आपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया