पोखरामा ५ भारतीय लागुऔषधसहित पक्राउ, सुनसरीमा २ जना गिरफ्तार
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले लागुऔषधसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोको पोखरा कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ३२ मजुवाबाट आइतबार ५ भारतीयलाई पक्राउ गरेको ब्यूरोका एसपी दुर्गाराज रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सरदार नगर गोरखपुर ठेगाना भएका वर्ष २७ का विकास कुमार, उत्तर प्रदेशको खोरावार गोरखपुरका २९ वर्षीय बर्जली पासवान, भारतको अराजी वसडिला गोरखपुरका ३३ वर्षीय अभयकुमार मिश्र, भारतको कुशुमी बजार गोरखपुरका ३३ वर्षीय प्रितम कुमार र भारतको नन्दनगर दरगहिया गोरखपुरका २५ वर्षीय अभिशेककुमार पासवान रहेको विज्ञप्तिमा उल्लेख छ ।
पाँच जनाको समूहले भारतीय नम्बर प्लेटको यूपी ५३ वाई ७७०४ नम्बरको कारमा लागुऔषध एम्पुल १८ सय पिस र ट्रामाडोल ५ सय १० पिस राखेको ब्यूरोले भेटिएको थियो ।
यसैबीच, ब्यूरोको टोलीले सुनसरीबाट लागुऔषध खैरो हेरोईन १०७ ग्राम ४५० मिलिग्रामसहित दुई जनालाई पनि पक्राउ गरेको छ ।
ब्यूरोको बिराटनगर कार्यालयबाट खटिएको प्रहरी टोलीले सुनसरीको दुहबी नगरपालिका वडा नं. ४ बाट भारतबाट ल्याइएको लागुऔषध खैरो हेरोईनसहित आइतबार २ जनालाई पक्राउ गरिएको एसपी रेग्मीले बताएका छन् ।
सुनसरीमा लागुऔषधसहित पक्राउ पर्नेहरूमा मोरङको धनपालथान गाउँपालिका वडा नं. १ का वर्ष २५ का जमालउदिन मिया र सोही स्थानका २५ वर्षीय ईमदाद मिया रहेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया